३० बैशाख २०८३, बुधबार

पत्रकार सम्मेलनको तयारीमा रवि लामिछाने


काठमाडौं। ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयर विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनको तयारी गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछानेले आज साँझसम्म पत्रकार सम्मेलनमार्फत उठेका विषयमा जानकारी दिए तयारी थालेका हुन् ।

उनले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिँदै पत्रकार सम्मेलन गर्ने संकेत गरेका हुन् । सेयर लिँदा सहकारीको रकम दुरुपयोग गरेको उनीमाथि आरोप छ । उनले लेखेका छन्, ‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौँ है । मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोही ‘स्लिप’ हुनैपर्दैन । बाँकी भ्याएसम्म आजै (सोमबार) साँझ प्रेस मिटको तयारी गर्दै छु । सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।’

त्यस्तै, ग्यालेक्सी टेलिभिजन छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा भएको समाचार सार्वजनिक भएपछि लामिछाने चर्चामा रहेका छन् । लामिछानेले भने गोर्खा मिडियामा आफू स्वेट सेयर वा गुडविल सेयर लिएर गएको र कुनै आर्थिक कारोबार नगरेको बताउँदै आएका छन् ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives