२५ बैशाख २०८३, शुक्रबार

कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना


काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना प्रकाशित गरेको छ ।

त्यस्तै, कक्षा ११ र १२ मा अध्यापनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय तथा क्याम्पसमा अध्ययन गरी २०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेड वृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेड वृद्धि तर्फका (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७६ र ७७ भएका परीक्षार्थीहरूका लागि अन्तिम एक पटकका लागि मात्र) परीक्षार्थीहरूले २०८० साल माघ मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न भनिएको छ ।

सो समयभित्र रकम दाखिला गर्न छुटेका परीक्षार्थीहरूले २०८० फागुन १५ गतेसम्म विलम्ब शुल्कसहित रकम बुझाई राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न पनि सूचित गरिएको छ भने सम्बन्धित विद्यालय र क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर वा डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाणसहित २०८० फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउन सूचना प्रकाशित गरिएको कार्यालयको भनाई रहेको छ ।

हेर्नुस् सूचनाः-

 


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives