१९ मंसिर २०८२, शुक्रबार

एएफसी एसिया कपः बहराइनको पहिलो जित


काठमाडौं। एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई मा रहेको बहराइनले शनिबार राति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै ३ अंक बटुल्न सफल भएको हो ।

बराबरीतर्फ उन्मुख खेलमा बहराइनले दोस्रो हाफको अतिरिक्त पाँचौँ मिनेटमा गोल गर्दै जित निकालको हो । बहराइनका अलि मदानले गरेको गोल नै स्पष्ट ३ अंक दिलाउन सफल भयो । यो समूहमा जोर्डन र दक्षिण कोरिया समान ४–४ अंकका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा छन् ।

त्यस्तै, समूह चरणको अन्तिम खेलमा बहराइनले जोर्डनसँग र मलेसियाले कोरियासँग खेल्ने छ । आगामी बिहीबार हुने खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्ने छ भने जारी प्रतियोगितामा मलेसियाले भने जित निकाल्न सकेको छैन ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार