१९ मंसिर २०८२, शुक्रबार

खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्न अखिल क्रान्तिकारीको माग


काठमाडौं। खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्नुपर्ने अखिल क्रान्तिकारीले माग गरेको छ ।

आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले शत प्रतिशत शिक्षक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने माग राखेकी हुन्।

उनले निजी विद्यालयको कुरा विधेयकबाट खारेज गर्नुपर्ने बताइन्। यो विधेयक प्रभावित भएमा भावी समाजलाई असर पर्ने उनको भनाइ रहेको थियो।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै उनले शिक्षामा २० प्रतिशत लगानी गर्नु पर्ने पनि माग गरिन्।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार