२६ बैशाख २०८३, शनिबार

एमालेका युवा नेता तिलक सिर्पाइली नेकपा एसमा प्रवेश


काठमाडौँ। नेकपा एमालेका युवा नेता तिलक सिर्पाइली नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नु भएको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा पार्टीका महासचिव घनश्याम भुसाल, पार्टी सचिवद्वय जीवनराम श्रेष्ठ र हरि पराजुली, पार्टी पोलिटब्यूरो सदस्य मेटमणी चौधरीलगायतका नेताहरूले सिर्पाइलीलाई पार्टीमा स्वागत गर्नु भएको हो।

नेता चौधरीको समन्वय एवं सहजिकरणमा नेता सिर्पाइली एकीकृत समाजवादीमा समाहित हुनु भएको हो। एमाले कर्णाली प्रदेश कमिटीका पूर्व सदस्यसमेत रहेका नेता सिर्पाइलीले एमाले चरम व्यक्तिवादमा फेँसेको आरोप लगाउनु भएको छ।

उहाँले भन्नुभयो, ‘असली कम्युनिष्ट कार्यकर्ताका सासु एमालेमा तीन विकल्प छन्। पहिलो, नेतृत्वको दास बन्नुपर्छ। दोस्रो, भीम रावल बन्नुपर्छ र तेस्रो विद्रोह गर्नुपर्ने हुन्छ। त्यसैले समग्रमा हिजोका दिनमा मैले नेता मानेका र आजका दिनमा पनि मैले मान्नुपर्ने नेता एकीकृत समाजवादीमा हुनुहुन्छ। म एमालेमा दास भएर बस्न चाहिँन। विद्रोह गरेर हिडेँ।’

नेता सिर्पाइलीलाई पार्टीमा स्वागत गर्दै महासचिव भसालले दुःखको बेला पार्टीमा समाहित भएको बताउँदै वर्तमान उकुसमुकुसलाई चिर्न असली कम्युनिष्टबीच एकता हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘यो दुःखको बेला हो। म पनि एस पार्टीमा दुःखकै बेला आएको हुँ। अहिले हाम्रो पार्टी, वामपन्थी आन्दोलन र राष्ट्रियता खतरामा छ। यसलाई ध्यानमा राखेर अगाडि बढ्नु पर्नेछ। यस हिसाबले दुःख गर्न आउनु भएको छ भनेको हुँ। हामी मिलेर दुःखको सामना गरौं।’


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives