१९ मंसिर २०८२, शुक्रबार

पाचौँ बकैया कप फुटबल पुस २४ देखि


हेटौँडा। पाचौँ बकैया कप फुटबल प्रतियोगिता पुस २४ देखि हुने भएको छ ।

त्यस्तै, युवा तथा खेलकुद विकास समिति बकैया गाउँपालिकाले गर्ने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उक्त प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वटै वडाको सहभागिता हुनेछ भने बकैयाखोला दोभान नजिकैको रङ्गशालामा हुने प्रतियोगितामा विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुस २४ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजक समितिका संयोजक विजय लामा थिङले जानकारी दिएका छन्।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार