२४ बैशाख २०८३, बिहीबार

किन भेटे विश्वप्रकाश शर्माले एमाले अध्यक्ष ओलीलाई?


काठमाडाैं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन् । ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसकाे निम्ताे दिन उनले बालकाेट पुगेर भेटेका हुन् । नेपाली कांग्रेसका संस्थापक नेता, जननायक बी.पी. कोइरालाले वि.सं. २०३३ साल पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनु भएको दिनलाई नेपाली कांग्रेसले “राष्ट्रिय एकता तथा मेलमिलाप दिवस” को रुपमा हरेक वर्ष मनाउदै आएको छ ।

यस वर्ष नेपाली कांग्रेसको आयोजनामा लोकतन्त्र प्राप्तिका लागि पटक–पटकका आन्दोलनमा योगदान गरेका तथा वृहत शान्ति सम्झौताका पक्षधर विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरुको विशिष्ट आतिथ्यतामा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस पौष १६ गते दिउँसो १ः०० काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा हुनेछ । महामन्त्री शर्माकाे साथमा सह-महामन्त्री जीवन परियार समेत बालकाेट पुगेका थिए ।

विश्वप्रकाश शर्माले भेटबारे भनेका छनः

श्रद्देय केपि शर्मा ओलिज्युसँग उहाँको घरमाथि पारिलो घाम ताप्दै केही पुराना स्मृति केही नवीन परामर्श !

भिन्न पृष्ठभुमि र भिन्न आस्था भएर पनि जब हामी `एक ठाँउमा´ उभिएका थियौं, तब सहकार्यको मार्गबाट देशले शान्ति र संविधान प्राप्त गरेको थियो l सहकार्यको अबको चरणले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुछ, संविधानप्रती अपनत्वको दायरा बढाउनुछ र समुन्नतिको यात्रामा गति बढाउनुछ l

०६२/६३ को जनान्दोलनका सहयात्रीहरुले सिंगो देशको यो साझा कार्यभार पूरा गर्न एकातर्फ साझा दृस्टी तय गर्नुछ, अर्कोतर्फ त्यो दृस्टीमा नयाँ दलहरूलाई पनि सँगै सहकार्यमा गाँसेर अघि बढ्नुछ l

भोलि पुस १६ गते अपरान्ह १.०० बजे प्रज्ञा भवन कमलादीमा हामी सँगै हुनेछौं l

#आउनोस् केही भावना साटौं, केही संकल्प गरौं !


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives