२७ फाल्गुन २०८१, मंगलवार

बागदरबारकै शैलीमा बन्दैछ ११ नम्बरको वडा कार्यालय !


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ११ को कार्यालय भवन निर्माणले तीब्रता लिएको छ । बागदरबारको दक्षिण पूर्वी कुनामा बागदरबारकै निर्माण शैलीमा भवन निर्माण भइरहेको हो । गएको मंसिर २८ गते महानगर दिवसको अवसरमा पारेर वडाध्यक्ष हीरालाल तण्डुकारले भवन निर्माणका लागि शिलान्यास गर्नुभएको हो ।

अहिले वडा कार्यालय बबरमहलको निजी भवन भाडामा लिएर सञ्चालन भइरहेको थियो । यस अघि थापाथलीमा थियो । अहिलेसम्म हामी भाडाको भवनमा बसेर सेवा दिइरहेका छौँ । अब आफ्नै भवनबाट सेवा दिन्छौँ । वडाध्यक्ष तण्डुकार भन्नुहुन्छ, ‘बर्षौँदेखिको प्रयासपछि आफ्नै प्रशासनिक भवन निर्माण हुनु वडाबासीका लागि खुशीको कुरा हो ।’


प्रकाशित मिति: ५ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?