२७ पुष २०८१, शनिबार

एकीकृत समाजवादीको बैठक बस्दै


काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ ।

उक्त बैठकमा हिजो पेस भएको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने पार्टी प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिएका छन् ।

बैठकमा संगठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमितिले हिजोको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको थियो ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार