१९ मंसिर २०८२, शुक्रबार

‘पूजार सार्की’को नायिकामा अञ्जना बराइली र परीक्षा लिम्बू


काठमाडौं। दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म ‘पूजार सार्की’को मुख्य नायिकामा अञ्जना बराइली र परीक्षा लिम्बू अनुबन्धित भएका छन् । यी दुवै अभिनेत्रीसँग निर्माताले सोमबार लिखित सहमति गरेका छन् ।

पुरुष कलाकारतर्फको शीर्ष भूमिकामा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अनुबन्धित भइसकेका छन् भने कम्युनिस्ट नेताले जातीय विभेदविरुद्ध गर्ने लडाइँको कथावस्तु पेश गर्ने यो फिल्मको छायांकन आगामी माघबाट पोखराको कास्कीकोटमा सुरु हुँदै छ ।

त्यस्तै, अञ्जनाले ‘महापुरुष’बाट अभिनयमा डेब्यु गरेकी हुन् । पहिलो फिल्मबाटै उनले चर्चा बटुलिन् । परीक्षाले चाहिं ‘छक्कापञ्जा ४’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्ममा अभिनय गरेकी छन् ।

 

 


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार