९ पुष २०८१, मंगलवार

काठमाडौं जिल्ला अदालतमा सुरु भयो टोकन प्रणाली


काठमाडौं। जिल्ला अदालत काठमाडौंमा टोकन प्रणाली सुरुआत गरिएको छ । सेवाग्राहीलाई सहज सेवाका लागि आज बाट टोकन प्रणालीको सुरुआत गरिएको हो ।

उक्त अदालतमा आउने सेवा ग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुआत गरिएको काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले बताए ।

सो अदालतलाई प्रविधिमैत्री अदालत बनाउने योजनाअनुसार आफूहरू अघि बढेको उनको भनाई रहेको छ ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?