२३ पुष २०८१, मंगलवार

राष्ट्रपति निर्वाचनः बानेश्वरमा सुरू भयो मतगणना


२५ फागुन, काठमाडाैँ। नयाँ राष्ट्रपतिका लागि भएको चुनावको मतगणा सुरू भएको छ । केहीबेरअघि मतदान प्रक्रिया सकिएसँगै मतगणना सुरू गरिएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अन्नपूर्ण हलमा मतगणना भइरहेको छ । प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यतर्फको मतगणना छुट्टाछुट्टै स्थानमा भइरहेको छ ।

निर्वाचनको अन्तिम परिणाम आजै सार्वजनिक गरिनेछ ।

बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म राष्ट्रपति चयनका लागि मतदान भएको थियो । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र नौ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार