२५ बैशाख २०८३, शुक्रबार

टेलिश्रृंखला ‘सिन्दूर’ १८ वर्षपछि पुनः दर्शकमाझ आउँदै


काठमाडौं। अभिनेत्री तथा निर्मात्री प्रज्ञा जोशीले १८ वर्षपछि पुनः टेलिभिजन श्रृंखला ‘सिन्दूर’ निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभसाइत पूजा गर्दै उनले यसबारे जानकारी दिइन् । उक्त सिरियल सामाजिक–पारिवारिक कथावस्तुले नेपाली दर्शकमाझ चर्चित छ भने प्रसारण हुने टेलिभिजनबारे अहिले बताइएको छैन ।

त्यस्तै, नयाँपुस्ताको रुचिलाई ध्यानमा राख्दै सिरिज बनाउन लागेको उनले बताइन् । सिरियलमा नयाँपुस्ताका कलाकार समेटिने जोशीले बताइन् । ‘अहिले पनि यो सिरियल सान्दर्भिक रहेकाले उत्कृष्ट बनाउने कोसिस गर्नेछु,’ जोशीले भनिन् ।

सो सिरियललाई विनयराज पौडेलले लेखन तथा निर्देशन गर्नेछन् । दशकअघि उनले ‘सिन्दूर’ नामक फिल्ममा सहायक निर्देशनको काम गरेका थिए ।

त्यस्तै, प्रज्ञा फिल्म्सले निर्माण गर्ने सिरियलमा जोशीसहित नवीन श्रेष्ठ, लक्ष्मी भुसाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेन्द्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जीएम, टेकेन्द्र न्यौपाने, पवन केसीको अभिनय हुनेछ भने मदन कश्यप घिमिरेको छायांकन, लय संग्रौलाको गीत लेखन र सम्राट थापाको संगीत रहनेछ ।

त्यसैगरी, शुभसाइत समारोहमा कलाकार रवीन्द्र खड्का, निर्देशकहरु जनकदीप पराजुली, घनश्याम लामिछाने, ऋषि लामिछाने र लेखक प्रदीप भारद्वाज उपस्थित थिए । यो सिरियलमा विनयराज पौडेलको लेखन तथा निर्देशन रहनेछ ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives