२५ बैशाख २०८३, शुक्रबार

श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’मा रमाउँदै पूर्वमिस नेपालहरु


काठमाडौं। बिहीवार विवाहको तयारीमा रहेकी पूर्वमिस नेपाल श्रृंखला खतिवडाको आज ‘मेहेन्दी समारोह’ चलिरहेको छ । श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’मा पूर्वमिस नेपालहरु पुगेका छन् ।

उक्त तस्वीरमा पूर्व मिस नेपालहरु उषा खड्गी, सदिक्षा श्रेष्ठ, प्रिया सिग्देल, सुगरिका केसी, जेनिशा मोक्तान लगायत देखिएका छन् भने केही दिनदेखि नगरकोटको एक रिसोर्टमा पनि पूर्वमिस नेपालहरुसँग श्रृंखलाको ब्याचलरेट पार्टी भएको थियो ।

हायात होटलमा भैरहेको सेरेमोनीमा श्रृंखलाले हातमा आकर्षक मेहेन्दी लगाएको तस्वीरमा देख्न सकिन्छ भने मरुन रङको लेहंगामा श्रृंखला आकर्षक देखिएकी छन् । उनको फोटो पोज ‘क्यूट’ देखिन्छ ।

बिहीवार होटल हायातमै संचार उद्यमी सम्भव सिरोहियासँग श्रृंखलाको विवाह समारोह हुँदै छ ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives