७ असार २०८३, आईतवार

आज शेयर बजार १८ अङ्कले घटयो


काठमाडौं। शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव शून्य छ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५३ विन्दुमा झरेको छ ।

त्यसैगरी आज ४५ लाख ९५ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ३५ लाख रुपैयाँमा कारोबार भएका छन् भने सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कम्पनीको प्रमोटर शेयर ११ करोड ६७ लाख रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै, आज म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर उच्च अङ्कले घटेको छ । सबैभन्दा धेरै विजय लघुवित्त, माउन्टेन इनर्जी नेपाल र युनाइटेड मर्दी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ भने समग्रमा बजार राताम्मे भएको दिन आज रुरु जलविद्युत् परियोजनाको शेयर साढे पाँच प्रतिशतले बढेको छ ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives