९ पुष २०८१, मंगलवार

फरार अभियुक्त तीस वर्षपछि पक्राउ


२ , मङ्सिर ,महेन्द्रनगर (कञ्चनपुर) । तीस वर्षदेखि फरार रहेका अभियुक्त हिजो कञ्चनपुरको दोधारा चादँनीबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई विसं २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा छ महिना कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

कञ्चनपुर प्रहरीले सुनारलाई पक्राउ गरी कैद सजाय भुक्तानका लागि अदालतमा पेश गरी अदालतले शुक्रबार नै कारागार चलान गरेको छ ।


प्रकाशित मिति: २ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?