११ पुष २०८१, बिहीबार

बन्दीप्रत्यक्षीकरणको रिटमा निरन्तर सुनुवाइ


२४ ,कात्तिक ,काठमाडौँ । तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ ।

यही कात्तिक २६ गते आइतबारदेखि भाइटीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने भएको छ ।

सर्वोच्च अदालत प्रशासनले आज जारी गरेको सूचनाअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा बन्दीको रिट निवेदनमा सुनुवाइ हुनेछ ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?