२५ बैशाख २०८३, शुक्रबार

अमेरिकाबाट दिल्ली गइरहेको विमानमा एक यात्रुले अर्को यात्रुमाथि पिसाब फेरिदिए


२१ फागुन, एजेन्सी। विमानमा यात्रा गरिरहेका एक यात्रुमाथि अर्का यात्रुले पिसाब फेरिदिएका छन् । न्यूयोर्कबाट दिल्ली जाँदै गरेको अमेरिकन एयरलाइन्सको विमानमा एक यात्रुले अर्का यात्रुमाथि पिसाब गरेको घटना बाहिरिएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार राती दिल्ली पुगेको विमानमा उक्त घटना भएको हो ।

पीटीआई एक स्रोतलाई उद्धृत गर्दै “आरोपी अमेरिकी विश्वविद्यालयमा पढ्छन्। विद्यार्थीले मादक पदार्थ सेवन गरी सुतिरहेको बेला पिसाब गरेका थिए। यो पिसाब अर्को यात्रुमा पनि पुग्यो। चालक दलका सदस्यलाई पनि उजुरी गरिएको थियो।” भन्ने उल्लेख गरेको छ।

विमानले यस घटनालाई गम्भीर रूपमा लिएको छ । उक्त घटनाका आरोपीलाई प्रहरीलाई बुझाइएको छ। आरोपितको पहिचान भने सार्वजनिक गरिएको छैन ।

गत महिना पनि सहयात्रीले रक्सी पिएर अर्का व्यक्तिलाई पिसाब गरिदिएको घटना बाहिरिएको थियो ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives