८ पुष २०८१, सोमबार

सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रीमण्डल बिस्तारका बारेमा छलफल हुने


२१ फागुन, काठमाडाैँ। आज सत्ता साझेदार दलको बैठक बस्ने भएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको दलको बैठक आज बस्ने भएको हो ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने तय भएको छ।

आजको बैठकमा २५ गते हुने राष्ट्रपति पदको निर्वाचन र मन्त्रीमण्डल विस्तारका बारेमा छलफल हुने बताइएको छ।

 


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?