२४ बैशाख २०८३, बिहीबार

स्ववियु निर्वाचनकाे तयारिका लागि ने.वि.संघले खटायाे केन्द्रीय प्रतिनिधि


काठमाडौ :अासन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनकाे तयारीका लागि र ने.वि.संघलाई विजय गराउन प्रचारप्रसारलाई समेत व्यापक रुपमा अगाडि बढाउन उपत्यकामा रहेका त्रिविका ३५ अांगिक क्याम्पसहरुमा ने.वि.संघले केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
काठमाडौंमा वसेकाे ने.वि.संघका नेताहरुकाे वैठकवाट निर्णय गरि उपत्यकाका अांगिक क्याम्पसहरुमा प्रतिनिधि खटाईकाे ने.वि.संघ नेता ई.भुवन भट्टले वताए ।
शेखर समुहका विधार्थी नेताहरुले वैठकबाट निर्णय गरि स्ववियु निर्वाचन हुने उपत्यकाका ३५वटा त्रिविका अांगिक क्याम्पसहरुमा केन्द्रीय प्रतिनिधि खटाएकाे छ ।

त्रिविकाे स्ववियु निर्वाचन कार्यतालिका अनुरुप स्ववियु निर्वाचनका लागि फाल्गुन १९गते संगठन दर्ताकाे समय नजिक अाइसकेका कारण हाम्राे तयारिलाई व्यापक रुपमा अगाडि बढाउदै ने.वि.संघलाई विजय गराउन तयारि गर्नका लागि क्याम्पसहरुमा ने.वि.संघका तर्फवाट प्रतिनिधि खटाईएका हाै,नेता भट्टले भने । संगठन दर्ताकाे दिन ने.वि.संघकाे उपस्थिति व्यापक गराउने र क्याम्पसहरुमा ने.वि.संघलाई विजय गराउन प्रचारप्रसार सँगै तयारि व्यावक रुपमा अगाडि बढाउन हामिले प्रतिनिधि खटाएका हाै, ने.वि.संघ स्ववियु निर्वाचनकाे तयारिका जुटिसकेकाे ने.वि.संघ नेता भुवन भट्टले वताए ।


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives