२३ पुष २०८१, मंगलवार

दशैंअघि नै निमार्ण व्यवसायीको ६ अर्ब भुक्तानी हुने


काठमाडौं । सरकारले दशैं अगाडि नै निमार्ण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा स्रोत अभावले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्रोतले निर्माण व्यवसायीको भुक्तानी पाउने गरी नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको बताएको छ । उक्त भुक्तानी दशैंअघि नै निर्माण व्यवसायीका खातामा जानेगरी व्यवस्था गरिएको छ ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार