१२ पुष २०८१, शुक्रबार

प्रधानमन्त्री दाहालद्वारा माओवादी नेता आचार्यको स्वास्थ्य अवस्था जानकारी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । सचिव आचार्यको वीर अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ । पार्टी अभियानको क्रममा अछाम पुगेका उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौं ल्याइएको थियो । प्रधानमन्त्री दाहालले नेता आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पतालका चिकित्सकहरुलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?