२२ मंसिर २०८२, सोमबार

पोखरीमा डुबेर बालकको मृत्यु


२९ ,भाद्र ,जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराही गाउँको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय पङ्कज ठाकुरका छोरा चार वर्षीय प्रिंसराज ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

आफ्नै घर अगाडि खेल्दै गरेको बालक प्रिंसराज अचानक घरकै सामुन्नेमा रहेको चौधरी पोखरीमा रहेको पानीमा पुगेपछि उनको सोही पोखरीमा डुबेर आज मृत्यु भएको हो ।घर बाहिर खेल्दै गरेका बालक नदेखिएपछि गाउँ टोलमा चारैतिर खोजतलाश गरेको र अन्तःमा पोखरीमा मृतावस्थामा फेला परेको थियो ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार