२१ मंसिर २०८२, आईतवार

बाघको आक्रमणबाट महिलाको मृत्यु


२३ ,भाद्र ,बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।

हिजो सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीलाई बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार