२० मंसिर २०८२, शनिबार

अलविदा मुुकुन्द रिजालः सरस्वती क्याम्पसबाट नेविसंघ,जनआन्दोलमा प्रहरीको हिरासतदेखि चर्चित वडाध्यक्षसम्म !


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उपचारका क्रममा उहाँको आज विहान ०७ः३० बजे निधन भएको उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ । उच्च ज्वरो र निमोनियाँ देखिए पछि उहाँलाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो

वि.सं.२०२७ कार्तिकमा जन्मनु भएका स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । विसं २०४६ सालको ऐतिहासिक जनआन्दोलमा उहाँ प्रहरीको हिरासतमा रहनु भएको थियो । स्वर्गीय रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ को क्षेत्रीय सभापति र कामनपा—१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित हुनु भएको थियो ।

सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय रिजालले मानव अधिकारवादी संघ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आउनु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको छ । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहनु भएका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार