२० मंसिर २०८२, शनिबार

एक जना शिक्षकको मृत्यु हुँदा पालिकाका सबै स्कुलमा बिदा


१९ भदाै, गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका – ४ को सौरपानी सामुदायिक स्मृति विद्यालयका शिक्षक रामकुमार श्रेष्ठको निधनमा पालिका भरका सबै ३९ वटै विद्यालय बन्द गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले सूचना जारी गरी सोमबार पालिका भरिका सबै विद्यालयमा सार्वजनिक बिदा दिइएको थियाे ।

पालिकाका सूचनापछि पालिकाभरिका ३७ वटा सामुदायिक र २ वटा निजी विद्यालय सोमबार बन्द भएको छन् । ‘गाउँपालिकाका अध्यक्षको सल्लाहमा मैले सूचना जारी गरेको हुँ, प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने ।

यता गाउँ पालिकाका अध्यक्ष विष्णु भट्टाले भने शोक मनाउन विद्यालय बन्द गरिएको जानकारी दिए । एक जना शिक्षकको मृत्युमा सबै विद्यालय बन्द भएको यो पहिलो पटक भएको शिक्षा शाखा कर्मचारी भीमकुमार श्रेष्ठले बताए । यसले आगामी दिनका लागि नजिर पनि हुन सक्ने श्रेष्ठ बताउँछन् ।

विगत ३ वर्ष देखि पेटको समस्याले गर्दा शिक्षक श्रेष्ठको सोमबार बिहान पाटन अस्पतालमा निधन भएको थियो ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार