१९ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकारले जग्गा उपलब्ध गराएको अवस्थाका अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन पहल गर्ने बताएका छन् ।
मंगलबार बालेनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने बताएका छन् ।
मेयर बालेन सोमबार एसिया कप अन्तर्गत भएको नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका नै पुगेका थिए । सोही खेलपछि उनले क्रिकेट मैदान बनाउन पहल गर्ने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ ।’
https://www.facebook.com/balenOfficial/videos/1492733861497280
प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार