२५ बैशाख २०८३, शुक्रबार

भीम उपाध्यायलाई पक्राउ गर्न गुरुङ राष्ट्रिय परिषदको माग


११ ,भाद्र ,काठमाडौँ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै तमू ह्युल छोंज धीं गरुङ राष्ट्रिय परिषदले पूर्णिमा गुरुङको फोटो राख्ने कैलाली टिकापुरका सन्तोष रिजाल र भीम उपाध्यायलाई पक्राउ गर्न अनुरोध गरेको हो ।

फेसबुकमा चितवनकी पूर्णिमा गुरुङको फोटो राखेर तमू (गुरुङ्ग) जातिको परम्परागत चालचलन, खानपान, धर्म र संस्कृतीलाई आँच पुर्‍याएको भन्दै नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायलाई पक्राउ गर्न अनुरोध गरेको छ ।

“जातीय द्वेष, सामाजिक सद्भाव र साम्प्रदायिक एकतामा खलल पुर्‍याउने कार्यको हामी घोर भत्सर्ना गर्दछौं साथै यस्ता कार्यमा संलग्न व्यक्तिहरू भीम उपाध्याय र सन्तोष रिजाललाई तुरुन्त पक्राउ गरि कानूनबमोजिम हदैसम्मको कारवाहीको माग गर्दछौं,” परिषदबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, “अन्यथा पीडितलाई न्याय दिलाउने क्रममा क्रमशः विरोधका कार्यक्रमहरू चरणबद्ध घोषणा गर्न हामी बाध्य हुने समेत जानकारी गराउँदछौं ।”


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives