१७ पुष २०८१, बुधबार

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा सन्दीप लामिछानेविरूद्धको मुद्दा


१० भदाै, काठमाडाैँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दाको न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ ।

अन्तिम सुनुवाइको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको हो । उनको पेशी ५ नम्बरमा रहेको बताइएको छ ।

यसअघि गत ३२ साउनमा उनको पछिल्लो पेशी रहेता पनि राजुकुमार खतिवडाको इजलासबाट बहस हुन सकेको थिएन ।

आजको बहशपछि सन्दीप एसियाकपका लागि पाकिस्तान जाने बताइएको छ । नेपाली टोली भने केही दिन अघि नै पाकिस्तान पुगेर कराँचीमा अभ्यास गरिरहेको छ ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?