३० बैशाख २०८३, बुधबार

देश विकासमा आदिवासी जनजाति समुदायको योगदान महत्त्वपूर्ण : प्रदेश प्रमुख गुरुङ


२४ ,श्रावण ,गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राजनीतिक परिवर्तनसँगै देश निर्माणमा आदिवासी जनजाति समुदायको योगदान महत्त्वपूर्ण रहेको बताएक छन् ।

उनान्तीसौ विश्व आदिवासी दिवस (अगष्ट ९) को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले नेपाली राष्ट्रियतालाई सुदृढ बनाउन, जातीय सद्भाव र आदिवासी जनजाति समुदायको सहिष्णुता कायम राख्न यो समुदायको विशेष योगदान रहेको उल्लेख गरे ।

‘आत्मनिर्णयका लागि परिवर्तनका सम्वाहक आदिवासी युवा’ भन्ने नाराका साथ संसारभरिका आदिवासी समुदायले यो दिवस मनाइरहेको उल्लेख गर्दै सन्देशमा आदिवासी समुदायको अधिकारसम्बन्धी आइएलओ महासन्धि १६९ लाई नेपालले सन् २००७ सेप्टेम्बर १३ मा अनुमोदन गरिसकेको भनिएको छ ।

आदिवासी समुदायको संस्कृति संरक्षणका लागि २३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले ९ अगष्टलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने अवधारणासमेत अगाडि बढाएको सन्देशमा भनिएको छ ।

राज्यका हरेक निकायमा समुचित र न्यायोचित प्रतिनिधित्वका लागि नेपालको संविधान २०७२ ले संवैधानिकरुपमा प्रत्याभूतसमेत गरेकाले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक देश नेपालको मौलिक विशेषताका रुपमा रहेको विविधतालाई सबैले सम्मान गर्नुपर्ने प्रदेश प्रमुख गुरुङले भनेका छन् ।

संवैधानिकरुपमा प्राप्त आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक अधिकारको प्रयोग र रक्षा गर्दै प्राप्त अधिकारलाई व्यवहारमा उतार्न थप अधिकारको सुनिश्चितताका लागि शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक माध्यमबाट अघि बढ्न यस दिवसले सबैमा प्रेरणा प्रदान गर्ने सन्देशमा उल्लेख छ ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives