१४ पुष २०८१, आईतवार

मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ : मन्त्री शर्मा


१९ ,श्रावण ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बावजुद राष्ट्रिय मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको बताएकि छिन् ।

आयोगको कार्यालयमा आज मानवअधिकार अभिलेख केन्द्रको उद्घाटन पश्चात् मन्तव्य राख्दै उनले मान्छेको टाउकोको मूल्य तोक्ने र चरम द्वन्द्वको समयमा पनि आयोगले गरेको काम महत्त्वपूर्ण रहेको बताईन् ।

“साधनस्रोतको सीमितताका बावजुद पनि आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ, चरम द्वन्द्वको समयमा सबै अप्ठ्यारोका बावजुद पनि जुन भूमिका निर्वाह गर्दै आएको छ, यो आफैँमा महत्त्वपूर्ण छ । मानव सेवाको काम पनि हो भन्ने मलाई लाग्छ, यो पुण्य कामका आधारमा तपाईंहरू धन्यवादका पात्र हुनुहुन्छ । मान्छेको टाउकोको मूल्य तोक्ने समय र चरम द्वन्द्वको समयमा आयोगले बोलिदिने कुराले महत्त्वपूर्ण प्रभाव पाथ्र्याे र राहत हुन्थ्यो”, मन्त्री शर्माले भनिन् ।

उनले मानवअधिकारलाई बाहिर भएका डकुमेन्टहरू पनि सङ्कलन गरेर राख्न र अभिलेखलाई डिजिटलाइज गरेर राख्ने प्रबन्ध मिलाउन आग्रह गरिन् ।

पूर्वप्रधानन्यायाधीश तथा आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले आफ्नो सामथ्र्य र शक्तिलाई चिनेर काम गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गरे ।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि इलान्का मेडागान्डा लावेले राष्ट्रिय मानवअधिकार आयोगले गरेको यो कार्यका लागि बधाई दिँदै तथ्याङ्क सङ्कलन र दस्तावेजीकरणको धेरै महत्त्वपूर्ण र गाह्रो काम गरेकोमा प्रशंसा व्यक्त गरे । उनले अध्ययनशील मानिसका लागि ज्ञान हासिल गर्न महत्त्वपूर्ण हुने धारणा राखे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आयोगसँग सहकार्य गर्न चाहन्छु भन्दै आयोगको नयाँ भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आयोगका कार्यवाहक अध्यक्ष डा सूर्य ढुङ्गेलले नेपालको अभिलेखालय विभिन्न अन्तर्राष्ट्रिय देशका लागि अनुकरणीय बनोस् भन्ने चाहना आयोगको रहेको बताए । उनले मानवअधिकार सरकारको प्राथमिकतामा पर्नुपर्ने विषय भएको भन्दै मानवअधिकार ऐनको आवश्यकता औँलयाए । अ

भिलेखालयमा मानवअधिकार आयोग स्थापनाको पृष्ठभूमि, हालसम्मका पदाधिकारीहरूको विवरण, द्वन्द्वकालमा आयोगले खेलेको भूमिका, अनुगमनका क्रममा भेट्टाएका महत्त्वपूर्ण सामग्री, अनुगमनका क्रममा कैद गरिएका तस्बिरलगायतका सन्दर्भ सामग्री राखिएका छन् ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?