१२ माघ २०८२, सोमबार

दोलखामा पहिरोमा परी ३ जना बेपत्ता, एक जनाको शव भेटियो


१९ श्रावण, दोलखा । दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका ८ मा गएको पहिरोको कारण एक जनाको शव फेला परेको छ भने ३ जना बेपत्ता भएका छन् ।

गए राती ९ बजेको अविरल वर्षा सँगै आएको पहिरोले गाउँपालिका ८ बाट आएको पहिरोले ७ नम्बर वडाको बस्तीमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले बताए ।

पहिरोले गाउँपालिका ७ का हरिलाल श्रेष्ठ, कृष्ण बहादुर मगर र उनकी श्रीमती र यज्ञ बहादुर थामीको १५ महिनाको नाति रहेको उनले बताए ।

थामीका १५ महिनाको नातिको शव फेला परेको प्रहरी प्रमुख खड्काले बताए । पहिरोमा परि ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।बेपत्ताको खोजी भइरहेको घटनाको विषयमा थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?