१० असार २०८२, मंगलवार

नेपाली राष्ट्रिय फुटबल टोलीका मनिष थाइल्यान्डको क्लबमा अनुबन्धित


१५ श्रावण, काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राईकर मनिष डाँगीले थाइल्यान्डबाट ब्यवसायिक फुटबल खेल्ने हुनुभएको छ । मनिषलाई थाइल्यान्डको दोस्रो श्रेणीको रायोङ फुटबल क्लबले अनुबन्ध गरेको छ ।

मनिष र रायोङबीच एक वर्षको सम्झौता भएको छ । मनिष थाइ लिगमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी हुनुभएको छ । उनले नेपाली राष्ट्रिय टोलीबाट २२ खेल खेल्दै दुई गोल पनि गरेका छन् ।

नेपालको शहिद स्मारक ‘ए’ डिभिजन लिगमा गत सिजन संकटा क्लबबाट खेलेका मनिषले २४ खेल खेल्दै चार गोल गरेका थिए । त्यसअघि उनले मच्छिन्द्र क्लबबाट पनि खेलेका थिए । मनिषले बहराइनको क्लब इत्तेहाल अल रेफबाट पनि खेलेका थिए ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार