२४ बैशाख २०८३, बिहीबार

अफ्रिकी नेताद्वारा एक हप्तामा सत्ता हस्तान्तरण गर्न नाइजर ‘सैनिक नेता’लाई दवाब


१५ श्रावण, काठमाडाैँ । पश्चिम अफ्रिकी नेताहरूले आइतबार नाइजरमा निर्वाचित राष्ट्रपतिलाई कब्जा गरी गरिएको ‘कू’ बाट स्थापित सैन्य प्रशासनलाई सत्ता छोड्न एक हप्ताको समय दिएका छन् ।

उनीहरूले प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेतालाई ‘बल प्रयोग’ गरी गरिएको सैन्य विद्रोहलाई इन्कार गर्ने चेतावनी दिँदै तत्काल आर्थिक प्रतिबन्ध लगाउने बताएका छन् ।

पन्ध्र सदस्यीय इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास) ले निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा र पुनर्बहाली गर्न पनि माग गरेको छ ।

“एक हप्ताभित्र अधिकारीहरूको माग पूरा नभएमा इकोवासले गणतन्त्र नाइजरमा संवैधानिक व्यवस्था बहाल गर्न आवश्यक सबै उपायहरू लिनेछ । यस्ता उपायहरूमा बल प्रयोग समावेश हुन सक्छ ।”

यस निर्णयका लागि इकोवासका ‘चिफ अफ डिफेन्स स्टाफ’को तत्काल बैठक बस्न लागेको छ,” नाइजेरियाको अबुजामा आइतबार भएको शिखर बैठकपछि इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives