२५ बैशाख २०८३, शुक्रबार

विश्व बैङ्कले बङ्गलादेशलाई ३० करोड अमेरिकी डलर दिने


१४ श्रावण, एजेन्सी । विश्व बैङ्कले बङ्गलादेशको ग्यास वितरण प्रणालीका लागि ३० करोड अमेरिकी डलर स्वीकृत गरेको छ ।

विश्व बैंकले बङ्गलादेशलाई आवासीय र औद्योगिक उपभोक्ताहरूका लागि प्रिपेड मिटरिङ प्रणालीमार्फत ग्यास वितरण र अन्त्य–उपयोगको दक्षता सुधार गर्न र प्राकृतिक ग्याँस मूल्य श्रृङ्खलामा मिथेन उत्सर्जन कम गर्न मद्दत गर्न ३० करोड अमेरिकी डलर स्वीकृत गरेको हो ।

“ग्याँस क्षेत्र दक्षता सुधार र कार्बन न्यूनीकरण परियोजनाले ग्याँस प्रसारण र वितरण नेटवर्कमा प्राकृतिक ग्याँस चुहावट र नोक्सानीलाई सम्बोधन गर्नेछ, आवासीय र औद्योगिक प्रयोगकर्ताहरूको प्रयोगमा अपव्यय कम गर्नेछ, र नेटवर्क निगरानी क्षमताहरू बलियो बनाउनेछ,” विश्व बैंकको वासिङ्टनस्थित मुख्यालयले शुक्रबार जारी विज्ञप्तिमा भनेको छ ।

यसले ढाका र राजशाही डिभिजनमा १२ लाखभन्दा बढी प्रिपेड ग्यास मिटर जडान गर्नेछ । यसमध्ये टिटास ग्यास ट्रान्समिसन एण्ड डिस्ट्रिब्युसन कम्पनी लिमिटेडका आवासीय ग्राहकको ५४ प्रतिशत र पश्चिमाञ्चल ग्यास कम्पनी लिमिटेड (पीजीसीएल) को सम्पूर्ण आवासीय ग्राहक आधारलाई समेट्ने गरी राजशाही डिभिजनमा एक लाख २८ हजार प्रिपेड मिटर र ग्रेटर ढाकामा ११ लाख प्रिपेड मिटर जडान गरिनेछ ।

बङ्गलादेश र भुटानका लागि विश्व बैंकका देशीय निर्देशक अब्दुलाय सेकले भने, “सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन कम गर्ने बङ्गलादेशको सन् २०२१ को राष्ट्रिय निर्धारित योगदान (एनडीसी) प्रतिबद्धता हासिल गर्न ऊर्जा दक्षतामा सुधार महत्वपूर्ण हुनेछ ।”

“परियोजनाले घरपरिवार र उद्योगहरूमा प्राकृतिक ग्याँस को बर्बादी कम गर्न र ग्याँस पाइपलाइनहरूमा निस्किने मिथेन उत्सर्जन कम गर्न मद्दत गर्दछ, जुन अक्सर ग्याँस उत्पादन, प्रशोधन, प्रसारण र वितरणबाट चुहावटको कारण हुन्छ,” उनले भने ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives