२५ बैशाख २०८३, शुक्रबार

महिला विश्वकपमा शानदार कमब्याक गरेको अर्जेन्टिनाको नकआउट चरणमा पुग्ने सम्भावना कायमै


१३ श्रावण, सिड्नी । अर्जेन्टिना दुई गोलले पछाडि परेर पनि शुक्रबार दक्षिण अफ्रिकालाई २–२ ले बराबरीमा रोकेर विश्वकप महिला फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ। यी दुवै टिमको दुई खेलबाट समान एक अङ्क भएको छ। समूह जीमा अर्जेन्टिना र दक्षिण अफ्रिका क्रमशः इटली र स्विडेनसँग पराजित भएका थिए।

खेलको ३० औँ मिनेटमा लिन्डा मोटालोको गोलबाट दक्षिण अफ्रिकाले अग्रता बनाएको थियो। उनले थेम्बी काट्लानाको पासमा गोल गर्नुभएको हो। खेलको ६६ औँ मिनेटमा काट्लाना आफैँले गोल गरी दक्षिण अफ्रिकालाई २–० ले अगाडि पार्नुभयो। खेलको ७४ औँ मिनेटमा सोफिया ब्रैनले बललाई गोलपोस्टमा माथिल्लो कुनामा छिराएर अर्जेन्टिनालाई खेलमा फर्काइन्। पाँच मिनेटपछि रोमिना नुनेजले हेड गोल गरी खेल बराबर गरिन्।

विश्वकप महिला फुटबलमा दक्षिण अफ्रिकाले पहिलो पटक अङ्क हासिल गरेको हो। सन् २०१९ मा खेलेका तीन खेल र चालु प्रतियोगिताको पहिलो खेलमा दक्षिण अफ्रिकाले हार बेहोरेको थियो तर यस संस्करणमा दक्षिण अफ्रिका बलियो टिमका रूपमा प्रस्तुत भएको छ। स्विडेनविरुद्धको पहिलो खेलमा अग्रता बनाएर पनि दक्षिण अफ्रिका २–१ ले पराजित भएको थियो।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives