२५ बैशाख २०८३, शुक्रबार

कांग्रेस महासमिति बैठक आगामी मङ्सिर १३ देखि १५ गतेसम्म


११ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर १३ देखि १५ गतेसम्म पार्टीको महासमिति बैठक काठमाडौँमा बोलाउने निर्णय गरेको छ ।

कांग्रेसको आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विधानबमोजिम नीति अधिवेशनमार्फत गर्ने निर्दिष्ट गरेका कार्य गर्ने गरी मङ्सिर १३ देखि १५ गतेसम्म महासमितिको बैठक बोलाउने निर्णय गरेको हो ।

यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको हो । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णयार्थ प्रस्तुत गर्नुभएका प्रस्तावहरू बैठकले पारित गरेको हो ।

कांग्रेसको साङ्गठनिक सुदृढीकरणका लागि यही साउन २० देखि ३० आन्तरिक, भदौ १० देखि २४ समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी पार्टी केन्द्रीय कार्यसमितिको विगतको बैठकबाट नेपाल दलित सङ्घको केन्द्रीय महाधिवेशन गर्न गरेको निर्देशनानुसार तोकिएको मितिमा अधिवेशन नगरेकोले सङ्घको आगामी भदौ १५ गतेभित्र आवश्यक परामर्श गरी तदर्थ समिति गठन गर्ने निर्णय गरिएको छ ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives