१७ माघ २०८२, शनिबार

उपराष्ट्रपति यादव स्वागत समारोहमा


१० ,श्रावण ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव अरब गणतन्त्र इजिप्टको ७१औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भए ।

नेपालका लागि इजिप्टका राजदूत नोहा एल्जेब्लीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद संवैधानिक अङ्गका पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, उद्योगपति–व्यापारी, वरिष्ठ पत्रकारसहित समाजका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो ।

त्यसअघि संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत एल्जेब्लीले पारस्परिक सम्मानमा आधारित सम्बन्ध स्थापनाकालदेखि नै सुमधुर रहँदै आएको बताए ।

दुई देशको पर्यटकले एकअर्कालाई नजिक ल्याएको उनले उल्लेख गरे।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार