१७ माघ २०८२, शनिबार

बिजुक्छेँ र चिनियाँ टोलीबीच भेट


१० ,श्रावण ,काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र नेपाल भ्रमणका रहेका छिमेकी मित्रराष्ट्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच हिजो भेटवार्ता भएको छ ।

नेमकिपाका अध्यक्ष बिजुक्छेँ र चिनियाँ टोलीबीच दुईदेशको हित, आपसी सदभाव र सम्बन्धका बारेमा कुराकानी भएको नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिए ।

नेमकिपाका केन्द्रीय नेतासमेतको सहभागिता रहेको भेटवार्तामा नेपालको राजनीतिक अवस्था, विकासको अवस्था र दुई देशको सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा कुराकानी भएको बताइएको छ ।

नेपाल भ्रमणमा रहेका च्या च्युन नेतृत्वको २६ सदस्यीय टोलीले भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन भ्रमण गरेको छ ।

चिनियाँ टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले स्वागत गरेका थिए । उनले भक्तपुर नगरपालिकाका सम्पदाको बारेमा चिनियाँ टोलीलाई जानकारी गराएका थिए ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार