२० मंसिर २०८२, शनिबार

एक मन्त्री र एक राज्यमन्त्री सहित सुदूरपश्चिम प्रदेश सरकारमा जाँदै नागरिक उन्मुक्ति पार्टी


८ श्रावण, सुर्खेत । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै छ । सम्भवतः आजै प्रदेश सरकार विस्तार गर्ने तयारी भइरहेको छ ।

उन्मुक्तिले एक मन्त्री र एक राज्यमन्त्री पाउने जनाइएको छ । आफ्नो पार्टीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाइरहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

उनका अनुसार नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी कृषि मन्त्री बन्दै छन् । यसै गरी, कैलाश चौधरी कृषि राज्यमन्त्री बन्ने तय भएको छ । यसअघि, मन्त्री बन्ने दौडमा रहनु भएका सो पार्टीका लक्ष्मण किशोर चौधरी भने तत्कालको लागि पछाडि हट्ने भएका छन् ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार