१८ माघ २०८२, आईतवार

यामागुचीमा पौडी खेल्न गएका दुई नेपालीको डुबेर मृत्यु


३ ,श्रावण ,काठमाडौँ । जापानमा दुई नेपालीको डुबेर मृत्यु भएको छ । जापानी संचारमाध्यमका अनुसार यामागुची प्रान्तको इवाकुनी सिको कुसुनोकी-चोस्थित इमाजु नदीमा पौडी खेल्न क्रममा दुईजनाको मृत्यु भएको हो ।

जुलाई १८ का दिन चारजना मिलेर पौडी खेल्न गएकामा २ जना वेपत्ता भएका थिए । वेपत्ताहरुको आपतकालिन उद्धार सेवा (दमकल) लाई खबर गरिएपछि उद्धार भएको थियो ।

वेपत्ता दुईजनालाई करीब २ मिटर गहिरो पानीमा डुबेको अवस्थामा उद्धार गरी अस्पत्ताल लगिए पनि उनीहरुको मृत्यु भएको घोषणा गरिएको थियो ।

मत्यु हुने दुबैको उमेर २० देखि ३० मुनिका उमेर समूहका रहेको भए पनि उनीहरुको थप विवरण खुल्न सकेको छैन ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार