१८ माघ २०८२, आईतवार

बाघको आक्रमणबाट तीन जना घाइते


३ ,श्रावण ,चितवन । बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहेका छन् ।

निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनिहरूलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट घाइते उनिहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइँदै गरिएको कार्यालयले जनाएको छ । बाघले  हिजो ५ः२० वजे आक्रमण गरेको थिए ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार