१६ माघ २०८२, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा चौतारो र पोखरी निर्माणको शुभारम्भ


२८ ,असार ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन् ।

उनले आज राष्ट्रपति कार्यालय परिसरभित्र वर–पिपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका हुन् । राष्ट्रपति पौडेलले वर–पिपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्वाचित भएलगत्तै सुझाव दिएका थिए ।

सोहीअनुरुप उनले आज पूजाअर्चनासहित वर–पिपल रोपेका हुन् । राष्ट्रपति भवनको पश्चिमपट्टिको भागमा चौतारो निर्माणका लागि वर–पिपल रोपेको राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

राष्ट्रपति पौडेलले वर–पिपल रोपेको स्थानभन्दा तल पोखरी निर्माण गर्ने योजनासमेत बनाएका छन् ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार