१९ माघ २०८२, सोमबार

प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति सुशील कोइराला फाउन्डेसनद्वारा दुःख व्यक्त


२७,असार ,काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी धर्म पत्नी सीता दाहालको निधनप्रति दुःख प्रकट गरेको छ ।

फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज जारी गरेको वक्तव्यमा दाहालको असामयिक निधनको खबरले मर्माहत बनाएको उल्लेख छ ।

फाउन्डेसनले प्रधानमन्त्री दाहाललगायत परिवारमा समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्तिको कामना पनि गरेको छ ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार