२५ पुष २०८१, बिहीबार

इक्यान अधिवेशन : अध्यक्षका उम्मेदवार भट्टराईले सार्वजनिक गरे निर्वाचनलक्षित पाँच प्रतिबद्धता


२५ असार, काठमाडौं । शैक्षिक परापर्श संघ (इक्यान)को आसन्न अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष शेषराज भट्टराईले निर्वाचनलक्षित पाँच प्रतिबद्धता गरेका छन् । अधिवेशनलाई स्वच्छ, मर्यादित र व्यवसायिक प्रतिस्पर्धात्मक बनाउने उद्देश्यका साथ उनले निर्वाचनपूर्वका प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

अधिवेशनलाई सशक्त नेतृत्व चुन्ने अवसरसँगै दूरगामी र प्रभावकारी नीति निर्माण गर्ने थलो बनाउनुपर्ने भन्दै उनले पाँच प्रतिद्धता गरेका हुन् ।

नेतृत्वसँगै नीतिका विषयमा बहस गर्ने प्राय अधिवेशन भन्नेबित्तिकै सबैको ध्यान नेतृत्व छनोटतिर जाने गर्दछ । नेतृत्वका आकांक्षीसँगै अधिवेशनका प्रतिनिधिहरुले पनि नीतिगत पाटोलाई बेवास्ता नै गरेको भान हुन्छ । तर इक्यानको आसन्न अधिवेशनमा अध्यक्षका दाबेदार भट्टराईले नेतृत्वसँगै नीतिको बहसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘कुनै पनि संस्थाको नेतृत्व भनेको नीति कार्यान्वयन गर्ने संयन्त्र हो’ भन्ने मान्यताअनुसार उनले नीतिगत बहसलाई महत्व दिने बताएका हुन् । भट्टराईले इक्यानलाई शैक्षिक क्षेत्रको शीखर संस्था बनाउने गरी नीतिगत तयारी पनि गरेका छन् ।

निजी मुद्दामा केन्द्रित नहुने नेतृत्व छनोटका लागि चुनावी प्रतिस्पर्धामै उत्रनु पर्दा पनि व्यक्तिगत आरोप–प्रयारोपमा नउत्रने भट्टराईको प्रतिबद्धता छ । निर्वाचनलाई एउटा स्वभाविक र लोकतान्त्रिक प्रक्रिया भन्दै उनले प्रतिस्पर्धालाई स्वच्छ र व्यवसायिक बनाउन व्यक्तिगत आक्षेप, लाञ्छना वा आरोप–प्रत्यारोपमा नउत्रने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

निर्वाचन प्रचारलाई भड्किलो नबनाउने निर्वाचन प्रचारलाई सभ्य बनाउने पनि उनको प्रतिद्धता छ । निर्वाचन प्रचारका क्रममा प्रयोग हुने भाषा र शैलीलाई सभ्यसँगै मितव्ययी बनाउनेमा भट्टराईले जोड दिएका छन् । निर्वाचन एक समयमा आएर सकिने भए पनि आपसी सम्बन्धलाई सधैं जीवन्त राख्नुपर्ने उनको भनाइ छ । त्यस्तै उनले निर्वाचनका क्रममा कुनै पनि खाले ‘स्टन्ट’ नगर्ने बताएका छन् ।

संस्थाको गरिमामा आँच पुग्न नदिने अधिवेशनमा हुने प्रतिस्पर्धालाई स्वभाविक प्रक्रिया मानेर स्वीकार्दै संस्थाको गरिमामा आँच पुग्ने केही पनि गतिविधि नगर्नेमा अध्यक्ष उम्मेदवार भट्टराई प्रतिवद्ध छन् । अधिवेशन र निर्वाचन प्रक्रियापछि जस्तो परिणाम आए पनि संस्थाको हितबाहेक केही नसोच्ने उनको दृढ संकल्प छ ।

प्रतिस्पर्धालाई स्वच्छ र व्यवसायिक बनाउने समग्रमा उनले अधिवेशनमा हुने प्रतिस्पर्धालाई स्वच्छ र व्यवसायिक बनाउन आफ्नो क्षेत्रबाट सक्नेजति सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विगतमा नेतृत्व चयन प्रक्रियामा हुनेगरेका केही गतिविधिबाट पाठ सिक्दै यसपालि आफू प्रस्तुत हुने उनको भनाइ छ ।

आगामी असार ३० गते काठमाडौंमा हुने अधिवेशनका लागि भट्टराईले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । यसअघि संघको महासचिव र उपाध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेका भट्टराईले यसपालि अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । इक्यानलाई कुशल नेतृत्वसँगै नीतिगत हिसाबमा शक्तिशाली बनाउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

बाैद्धिक व्यक्तित्वको छवि बनाएका भट्टराई इक्यानभित्र सर्वप्रिय छन् । उनलाई सिंगो व्यवसायिक टिमको साथ, सहयोग र समर्थन छ ।

महासचिव र उपाध्यक्षको भूमिकामा रहँदा संघ र संघका सदस्यको हितमा गरेका सत्प्रयास नै शेषराजले भावी नेतृत्व पाउने दरिलो आधार हो । संघमा अवद्ध सम्पूर्ण व्यवसायिक शैक्षिक परामर्शदाताको समर्थन भएकाले अधिवेशनले आफूलाई नेतृत्व सुम्पनेमा भट्टराई ढुक्क छन् ।

सकेसम्म सर्वसम्मत ढंगमा नै आफूले नेतृत्व पाउनेमा भट्टराई आशावादी छन् । सर्वसम्मत हुन नसके लोकतान्त्रिक विधिबाट अघि बढ्ने उनले बताए । कुशल नेतृत्व क्षमता भएका भट्टराई अर्विट इन्टरनेशनलका सञ्चालक हुन् ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार