१९ माघ २०८२, सोमबार

भट्टराई रासस सञ्चालक सदस्य नियुक्त


२१ असार ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय समाचार समिति (रासस)को सञ्चालक (बोर्ड) सदस्यमा पत्रकार डिल्लीराम भट्टराईलाई मनोनयन गरेको छ ।

हल्दीबारी–१ झापा निवासी उहाँलाई आजको मन्त्रिस्तरीय निर्णयानुसार आगामी चार वर्षका लागि सञ्चालक सदस्य पदमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

भट्टराई राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ को उपदफा (१) खण्ड (ख) बमोजिम सञ्चालक सदस्यमा नियुक्त भएका हुन्।

उनि यसअघि पनि चार वर्षका लागि राससको सञ्चालक सदस्य भइसकेका छन् । पत्रकारितामा स्नातकोत्तर भट्टराई समय सन्दर्भ पाक्षिकका सम्पादक र प्राध्यापकसमेत हुन् ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार