१९ माघ २०८२, सोमबार

पशुपति मन्दिरमा श्रावणी मेला सुरु


२० असार ,वीरगञ्ज । पर्साको वीरगञ्जस्थित पशुपति मन्दिरमा आजदेखि श्रावणी मेला सुरु भएको छ ।

मेलाको पहिलो दिन हिजो जलयात्रा गरेर मेलाको सुरुआत गरिएको छ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले घडिअर्वा पोखरीमा पुगेर धार्मिक विधिबमोजिम पूजा गरी जल भरेर यात्राको सुरुआत गरेका थिए ।

घडिअर्वा पोखरीबाट जल भरेर निस्किएको यात्रा नगर परिक्रमापछि मन्दिरमा पुगेर समापन भएसँगै मेला सुरु भएको थियो ।

वीरगञ्ज महानगरपालिका र विश्व हिन्दू परिषद्को संयुक्त आयोजनामा पहिलो पटक जलयात्रा सुरु गरिएको हो । जल यात्राको सुरुआत गर्दै महानगर प्रमुख सिंहले वीरगञ्जलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्य बनाउन महानगर लागिरहेको बताए ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार