१० पुष २०८१, बुधबार

अभिनेता भण्डारी भन्छन्- समीक्षा अधिकारीसँग विवाह गर्न तयार छु


१७ असार, काठमाडाैँ । गायिक समीक्षा अधिकारीसँग विवाह आफू तयार रहेको अभिनेता अभिनेता तथा गायक आमेश भण्डारीले बताएका छन् । उनले ‘द प्रकाश सुवेदी शो’ टेलिभिजन कार्यक्रममा बोल्दै समीक्षासँग विवाह गर्न तयार रहेको बताएका हुन् ।

कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले भण्डारीलाई सोधेका थिए, ‘समिक्षाको बुबाआमा केटा माग्दै आउनुभयो भने के तपाई उनीसँग विवाह गर्न तयार हुनुहुन्छ ?’ । जवाफमा उनले भने, ‘त्यस्तो भयो भने म त एकदम लक्की हुन्छु, म विवाह गर्छु, मेरो उमेर पनि भयो ।’

पछिल्लो समय टिकटकमा एकसाथ देखिइरहेका समीक्षा र आमेशबीच प्रेम रहेको फ्यानहरूले शंका गरेका छन् । तर, उनले कार्यक्रममा उनीहरू २ बिच प्रेम नभएको तर मिल्ने साथी रहेको बताएका छन् ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?