१२ असार, काठमाडाैँ । भारतमा जारी साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल विजयी भएको छ । भारतको श्री कान्तीरभा स्टेडियममा भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालका लागि खेलको ८० औँ मिनेटमा आशिष चाैधरीले गोल गरेका थिए । नेपालका लागि पहिलो खेल खेलेका चाैधरीले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
अन्तिम खेलमा जित हासिल गरेता पनि नेपाल जारी साफ च्याम्पियनसिपबाट बाहिरिइसकेको छ । यसभन्दा अघि नेपालले कुवेत र भारतसँग पराजित भएको थियो ।
प्रकाशित मिति: १२ असार २०८०, मंगलवार