२६ बैशाख २०८३, शनिबार

युद्धविरामको मध्यस्थता गर्न युक्रेन पुगे अफ्रिकी नेता


२ असार, एजेन्सी । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रबार युक्रेन आइपुगेका छन्।

रूसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्न सेन्ट पिटर्सबर्ग जानुअघि चार राष्ट्रपति र तीन प्रतिनिधिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कीभमा वार्ता गर्ने कार्यक्रम छ।

गत वर्ष रूसले युक्रेनमाथि आक्रमण गरेपछि खाद्यान्नको बढ्दो मूल्य र विश्वव्यापी व्यापारमा परेको व्यापक प्रभावका कारण नराम्ररी प्रभावित भएको महाद्वीपको आवाजलाई उच्च स्तरीय कुटनीतिक टोलीले टेबलमा ल्याउने बताइएको छ। “राष्ट्रपति सिरिल रामाफोसा नेमिचेभ रेल स्टेसनमा आइपुग्नुभएको छ,” दक्षिण अफ्रिकी राष्ट्रपति कार्यालयले ट्वीट गरेको छ।

रामाफोसासँगै सेनेगलका म्याकी सल र जाम्बियाका हाकाइन्दे हिचिलेमा र कोमोरोसका अध्यक्ष अजाली असौमानी पनि सहभागी हुनेछन्।

युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी, इजिप्टका अब्देल फत्ताह अल–सिसी र कङ्गो–ब्राजाभिलका राष्ट्रपति डेनिस सासु नगुएसोले भ्रमण दलमा आफ्ना प्रतिनिधि पठाएका छन्।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives